- सिमा गुरुङ, भैरहवा समाचारदाता
साउन १०, गुल्मी । सोमबारबाट लगातार परेको वर्षासँगै आएको पहिरोमा परेर सत्यवती गाउँपालिका ३ दाङसियामा स्थानीय तिल बहादुर त्रामुकी छोरी तिलकुमारी त्रामू र छोरा दर्शन त्रामुको मृत्यु भएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए।
उक्त पहिरोमा परी बेपत्ता भएका २ जनाको जिवितै उद्धार गरिएको छ। त्यस्तैगरी सत्यदेवी ४ मा पहिरोलो एउटा सानो गाउँ नै पुरिएको छ। उक्त पहिरोमा परी ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिकको मृत्यु भएको जानकारी प्राप्त भएको छ। त्यस्तै थप ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
उनीहरुको नाम खुलेको छैन। त्यस्तै २ जना घाइते भएका छन् भने ४ जना हराइरहेको प्रहरी निरीक्षक खड्काले बताए। उनका अनुसार अहिले पहिरो नआएको भएपनि पानी परिरहेका कारण उद्धारका कठिनाई भएको छ।