फागुन १४, काठमाडौं । नेपाल विद्युत प्राधिकरण, बानेश्वरवितरण केन्द्र, पुरानोबानेश्वरको नयाँ दर्ता शाखामा कार्यरत सुपरभाइजर (पाचौं तह) महेन्द्र प्रधान सेवाग्राहीसँग लिएको घुस रकम सहित प्रकाउ परेका छन् ।
महेन्द्र प्रधानले सेवाग्राहीसँग घुस माग गरिरहेको सुचनाको आधारमा अख्तियारको टोलिले सेवाग्राहीसँग रू १५,०००।– (पन्ध्र हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिईएको हो ।
सुपरभाइजर महेन्द्र प्रधानले विद्युत क्षमता वृद्धि गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरेका थिए । उनलाई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।