पौष ९, दाङ । दाङको घोराही उपमहानगरपालिका–३ को मुसोटखोलाको ओरालोमा यात्रु बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार तुल्सिपुरबाट भालुबाङ आउँदै गरेको रा १ ख १४८९ नम्बरको बस दुर्घटना हुदा २१ जना घाइते भएको र उनीहरुको लमही अस्पतालमा उपचार भैरहेको छ ।
बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धान पत्ता लागेको जनाएको छ ।