• २०८३ बैशाख ११ गते शुक्रवार

क्रिसमस इभ मनाउन रिसोर्ट गएका एकै परिवारका तीनजनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

 पौष ९, स्पेन । स्पेनको कोस्टा डेल सोल रिसोर्टमा बिदा बनाउन गएका एकै परिवारका तीनजना सदस्यको डुबेर मृत्यु भएको छ ।

रिसोर्टका मालिकले एक वक्तव्य जारी गर्दै क्लब ला कोस्टा वर्ल्डको स्विमिङ पुलमा उनीहरुलाई क्रिसमसको पूर्व सन्ध्यामा डुबेको अवस्थामा भेटिएको जानकारी दिए ।

जानकारीका अनुसार बेलायतकी ९ वर्षीया बालिकालाई पानीभित्र समस्या हुँदा उनका दाइ र बुवाले बचाउन खोजेका थिए । बुवा र छोरी दुबै बेलायती थिए भने दाइ भने अमेरिकन भएको बुझिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस