• २०८३ बैशाख १५ गते मङ्गलवार

वेद प्रसाद ढुङ्गेल (विपिन अगस्ति) को गजल बेग्लै छ है संसार

पढ्न लाग्ने समय : १ मिनेट
  • वेद प्रसाद ढुङ्गेल (विपिन अगस्ति)

बेग्लै छ है संसार यो ,तिम्ले देखे भन्दा
कविता र गजलमा , मैले लेखे भन्दा ।

सानातिना खुशी आउँदा,धेरै फुल्नु हुन्न
सगरमाथा शिखरमै ,पाइला टेके भन्दा ।

जीवनमा कहिले त , कालो दु:ख आउँछ
मध्य दिनमै बादलले , सूर्य छेके भन्दा ।

खाटाहरू चहर्याउछन् ,बल्झिदिन्छ घाउ
पीडा हुन्छ सिरेटोले , मुटु सेके भन्दा ।

आफन्तलाई रूवाएर ,पराई पोस्नु हुन्न
कुरा काट्ने दुनियाँले , व्यर्थै के के भन्दा ।

फिक्कल, ईलाम

Sharing

प्रतिक्रिया दिनुहोस