• २०८३ बैशाख १० गते बिहिवार

१२ लाख मूल्य बराबरको ह्याण्डीक्राप्टका सामान चोरी गर्ने पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

 मंसिर ९, काठमाडौँ। काठमाडौँ महानगरपालिका-१५ जनमार्गबाट करिब १२ लाख मूल्य बराबरको ह्याण्डीक्राप्टका सामान चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका-१५ चमतीस्थित काभ्रे तेमाल गाउँपालिका-४ घर भएका रमेश रसाईलीको ह्याण्डीक्राप्ट कारखानाबाट पित्तल तथा काठका विभिन्न घण्टी, बज्र लगायतका सामानहरु चोरी गर्ने काभ्रे नमोवुद्ध नगरपालिकाका दयाराम गहतराज, काभ्रे धुलिखेल नगरपालिका-१ का २४ वर्षीय रोशन लामा, ३० वर्षीय मान बहादुर विक र २२ वर्षीय राम लाल तामाङलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा उनीहरुले गत शनिबार उक्त कारखानाबाट सो मूल्य बराबरको ह्याण्डीक्राप्टका सामान चोरी गरेको खुलेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस