- सागर थापा/महेन्द्र सिंह
कात्तिक ८, बाँके । वडा प्रहरी कार्यालय नेपालगन्जले उपमहानगरपालिका भित्र तिहार छठ पर्व लागाएतलाई लक्षित गरि नगरबासीमा शान्ति सुरक्षा सुब्यबस्था कडा पारेको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख हरी बहादुर बस्नेतले आफ्नो कार्यकाल सम्म नेपालगन्ज नगरबासीहरुको शान्ति सुरक्षा सुब्यबस्था कायम गर्ने बताए । आफू नगरबासीको सुरक्षाको निम्ति लागि परिरहेको छु बताउँछन् । राति १० बजेदेखि अबेरसम्म होहल्ला गरि हिड्डुल गर्ने संका लाग्ने ब्यक्तिहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान पछी छोड्ने गरेको वडा प्रहरी नेपालगन्जले जनाएको छ ।