भदौ ८, काठमाडौं । अदालतमा अहिले अस्मिता कार्कीबाट बयान सकिएको छ । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका तीन जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्धा दर्ता भएपछि बयान सुरु भएको छ । न्यायधिश हेमन्त रावलको इजलासमा एक एक जनाको पालैपालो बयान सुरु भएको हो ।
अस्मिताको बयान सकिएपछि रवि लामिछोने वा युवराज कँडेलको बयान सुरु हुनेछ । तीनै जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ । थुनछेक बहस भोलि मात्रै हुनेछ ।