• २०८२ असार ५ गते बिहिवार

मिसको कुटाइबाट ८ वर्षीय राजु बुढाथोकी घाइते

पढ्न लाग्ने समय : २ मिनेट

चैत ११, गुल्मी । तानसेन ; गुल्मी  रेसुंगा–९ मा बस्दै आएका  ८ वर्षीय राजु बुढाथोकी  मिसको कुटाइबाट घाइते भइ अस्पताल भर्ना बसेका छन् । राजु उपल्लो तम्घास मा. वि .मा  यूकेजीमा अध्ययनरत बिधाथी हुन् । उनलाई शिक्षिका सावित्रा आचार्यले चैत ४ गते कुटपिट गरेकी हुन् ।

 राजुले प्रश्नको उत्तर दिन नसकेपछि मिसले टाउकोमा हानेको उनले बताए ।सुरुमा आईसीयूमा राखी उपचार दिर्दै हाल पाँच दिनदेखि लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचाररत छन्। । राजुलाइ गुल्मी जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि तानसेन ल्याइएको थियो।

 विद्यालयबाट घर आउँदा छोराको टाउको सुन्निएको उनकी आमा कविताले बताइन् । तत्काल प्रधानाध्यापक रामहरि पन्थीलाई घटनाबारे जानकारी गराएर घाइतेलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकेपछि पाल्पा ल्याइएको कविताले सुनाइन् । राजु आफूले बान्ता गरेको बताएका थिए।

छोरोको उपचार खर्चसमेत नदिने बताएको दुखेसो उनले पत्रकारसामु गरिन्। प्रधानाध्यापक पन्थीले घटना लुकाउन अभिभावकलाई दबाब दिएका थिए ।  आइतबार बाट सुरु वार्षिक परीक्षा दिन राजु वञ्चित भएका छन्। अरूको उक्साहटमा घटनालाई ठूलो बनाउन खोजिएको दाबी प्रधानाध्यापकले गरे।

‘बच्चा कुटाइबाट नभई म्यानेन्जाइटिसका कारण बिरामी भएको हो’, उनले भने, ‘अस्पतालको खर्च मिलाउने कुरा भएको छ।’ कविताले रकम माग नगरेको र बच्चाको वार्षिक परीक्षा पछि दिलाइने उनले बताए। पिटाइकै कारण बालक अस्पताल भर्ना भएको प्रमाणित भए शिक्षिकालाई कारबाही गर्ने प्रतिबद्धता उनले जनाए ।

कविताका श्रीमान् उमेशले आठ वर्षअघि छोरो नपाएको भन्दै दोस्रो विवाह गरेका छन्। छोरो जन्मिएपछि आफ्नो नभएको भन्दै श्रीमतीलाई घरनिकाला गरे। घरबारविहीन भएपछि उनले तम्घासमा मजदुरी गरेर छोरा पढाउँदै आएकी छन्।

संवेदनशील अंगमा कुट्दा समस्या देखिएको उपचारमा संलग्न डा। प्राप्ति श्रेष्ठले बताइन् । ‘अनुशासन कायम गर्ने बहानामा टाउकोमा कुट्नु राम्रो होइन’, उनले भनिन्। बालकमा म्यानेन्जाइटिस देखिएको उनले पुष्टि गरिन्।

प्रतिक्रिया दिनुहोस