• २०८३ बैशाख १५ गते मङ्गलवार

विप्लव समूहका २१ कार्यकर्ता कारागार चलान

पढ्न लाग्ने समय : १ मिनेट

पौष, ८ दाङ । राजपुर गाउँपालिका–४ मुंग्रठा खोलामा दुई महिनाअघि पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना नेता/कार्यकर्ता कारागार चलान भएका छन् ।

जिल्ला अदालत दाङका न्यायाधीश रितेन्द्र थापाको इजलासले सोमबार उनीहरुलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। तर, धरौटी तिर्न नसक्ने भनेपछि पुर्पक्षका लागि उनीहरुलाई कारागार चलाउन गरिएको हो ।

धरौटीमा छुटे पनि प्रहरीले अन्य मुद्दामा पक्राउ गर्ने तयारी गरेपछि आफुहरुले धरौटी नतिर्ने र पूर्पक्षका लागि कारागार जाने निर्णय लिएको नेकपाका मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्दले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस