• २०८३ असार १३ गते शनिवार

रोङ गाउपालिका  २ वडाकार्यलयको आफ्नै भवन

पढ्न लाग्ने समय : २ मिनेट
  • गोबिन्द पौडेल, इलाम

मंसिर ७, इलाम । रोङ गाउपालिका वडा नं २ को कार्यलय भवन निमार्ण अन्तिम चरणमा पुगेको छ । राज्न्यको पुर्न संरचना गरिदा साबिककको कोल्बुङ, इरौटार, जिर्मले र शानन्तिपुर गाउबिकास समितिलाइ रोङ गाउपालिका वनाएर ६ वटा वडाहरुमा बिभमजन गरिदा साबिक शान्तिपुरलाइ रोङ गाउपालिकाको वडा नं १ र २ बनाइएको थियो ।

साबिक शान्तिपुर गा बि सको वडा नं ३ र ७ बाहेक सबै वडाहरु वडा नं १ रहेर पुरानै गा बि स भवनमा कार्यलय रहेको भएपनि नया संरचना भएको साबिक ३ र ७ को वडा नं २ को कार्यलय भने भाडाको घरमा संचालित रहेको छ । भवन निमार्णको लागि स्थानिय समाजसेवीहरु रम्भा देबी कोइरालाले २ रोपनी र टंक कोइरालाले १ रोपनी जग्गा दान गरेपछि गाउपालिकाले ९३ लाखमा सुबिधा सम्पन्न भवन निमार्णको लागि टेन्डर गरेकोमा ५९ लाखमा ठेक्का लागेर अहिले दोश्रो तला समेत ढलान भइसकेको छ । अव भवनको झ्याल ढोका र प्लास्टर मात्र बाकी रहेकोले संभवत मंसिर मासन्त सम्म निमार्ण सकिने वडाध्यक्ष टेक बहादुर तामाङले बताए । अव ६ वटा वडामध्ये वडा नं ४ को मात्र आफ्नो भवन बनाउन बाकी रहेको र सो वडाको भवन बनाउने प्रक्रियामा पनि सकिएको गाउपालिका उपाध्यक्ष चन्द्रकला राइ बुढाथोकीले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस