मंसिर ७ ,चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले जबर्जस्ती करणी गरेको अभियोगमा एक वृद्धलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षीय दिलबहादुर गुरुङले छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।