.सन्दीप डागी
मङसिर ७ ,रोल्पा । रोल्पाको एक मात्र नगरपालिका रोल्पा नगरपलिकाले युवा लक्षित कार्यक्रम लाई विषेश प्रथमिकतामा राखि युवाहरुलाइ स्वदेशमै रोजगारीको सृजना गर्ने योजनामा लागेको छ । गत बर्ष मा ५ सय युवालाइ विभिन्न सिपमुलक तालिम दिइ रोजगारीको सृजन गर्ने कार्यक्रम बनाएको भए पनि सो सख्यामा तालिम लिने युवा नआएको नगर प्रमुख पूर्ण के.सी ले बताउनु भयो । जसले गर्दा युवा लक्षित कार्यक्रम कम प्रभावकारी भएको बताउदै युवाले चाहेमा युवा लक्षित कार्यक्रममा विषेश जोड दिने के सी ले बताउनु भयो ।

हिजो रोल्पाको लिवाङमा सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलबस्तु को आयोजना तथा जिल्ला युवा संजाल रोल्पाको समन्वय र यु.एन.एफ.पिए को आर्थिक सहयोगमा आयोजित युवामा लगानि तथा क्षमता अभिवृद्धि सम्बन्धि युवा तथा सरोकारवालाहरुको लागि अभिमुखिकरण कार्यक्रममाको उद्घाटन समारोहमा सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा रोल्पाली युवाहरुको अवस्था, सम्भावना, चुनौती र समाधानका उपाएको विषयमा व्यापक छलफल हुने आयोजकले बताएको छ । रोल्पाका दश वटै स्थानीय तहलाइ युवा लक्षीत कार्यक्रमहरु तय गरि रोल्पाली युवाहरुलाइ स्वदेशमै रोजगारी सृर्जना गर्नको लागि उनिहरुलाई सिपमुलक, आयमुलक तालिम तथा अन्य कार्यक्रम निमार्ण गर्न सहयोग हुने गरि रणनितिक योजना तयार गर्ने जिल्ला युवा संजाल रोल्पाले बताएको छ ।
आज दुई दिन सम्म चलेको सो कार्यक्रममा जिल्ला युवा संजाल रोल्पा संवाद समुह,रोल्पा नगरपालिका, सुनिलस्मृति गाउँपालिका, थवाङ गाउँपलिका, परिर्वतन गाउँपलिका र माडि गाउँपलिकाका विभिन्न युवा क्लवहरुमा आवद्ध २६ जना युवाहरुको सहभागिता रहेको छ ।