• २०८३ जेष्ठ ६ गते बुधवार

स्थान परिचय : हिमाली गाउँपालिका बाजुरा

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौं । सुदुर पस्चिम प्रदेश, बाजुरा जिल्लाको जिल्ला सदरमुकाम मार्तडीबाट करिब ७५ कि मी टाढा उत्तर पुर्वि दिशामा रहेको यस हिमाली गाउँपालिकाको कुल क्षेत्रफल ८३०।३४ वर्ग कि मी रहेको छ ।

समुन्द्री सतहदेखी करीव १२०० मिटरदेखी ६४०० मिटरसम्मको उचाइमा रहेको छ । गाउँपालिका भौगोलीक अवस्थितिका हिसावले हेर्दा २९ डिग्री २८ मिनेट ५० सेकेन्ड उत्तरदेखी २९ डीग्री ५७ मिनेट १० सेकेन्ड उत्तरी अक्षांश र ८१ डीग्री २९ मिनेट ४० सेकेन्ड पुर्व देखी ८१ डीग्री ४७ मिनेट ४० सेकेन्ड पुर्वी देशान्तरमा फैलीएको छ । यस गाउँपालिकाको सिमाना पुर्वमा मुगु जिल्ला , पश्चिममा वझांङ जिल्ला , उत्तरमा हुम्ला जिल्ला र दक्षिणमा बुढीनन्दा नगरपालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस