• २०८२ असार ५ गते बिहिवार

सुनिलस्मृति गाउँपालिका कार्यपालिकाको बैठक सम्पन्न

पढ्न लाग्ने समय : २ मिनेट

असोज ५, रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको आ.व. २०७६÷०७७ को दोश्रो गाउँ कार्यपालिका बैठक गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा सम्पन्न भएको छ ।बैठकमा गाउँ कार्यपालिका सदस्य र सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेको उपस्थितीमा बैठक समपन्न भएको हो ।

गाउँ कार्यपालिका बैठकबाट भएको निर्णय गाउँपालिका प्रवक्ता नमराज थापाले एक विज्ञप्ती सार्वजनिक गर्दै विज्ञप्तीमा भनिएको छ । प्राकृतिक श्रोत साधन (ढुंगा गिट्टि, वालुवा) पुन: ठेक्का लगाउने, आ.व. २०७५/०७६ को सार्वजनिक सुनुवाई यहि असोज ११ गते गाउँपालिका भवनमा मा सम्पन्न गर्ने, गाउँपालिका भित्रका मोटरबाटोहरु यहि असोज १५ भित्र ल.ई. गरि सवै वडाका मोटरबाटोहरु मर्मत गरिसक्ने, एक गाउँ एक प्राविधिक र संघीय सरकारबाट प्राप्त सर्शत अनुदानबाट पारिश्रमिक नपुग भएको हुँदा प्राप्त अनुदानमा सहायकस्तर चौथो तहको स्केल वमोजिम अपुग हुने पारिश्रमिक गाउँपालिकाको चालु खर्चबाट व्यहोर्ने, महिला विकास कार्यक्रम तर्फका सामाजिक परिचालकहरुको पारिश्रमिक विगत वर्षहरुमा सर्शत अनुदानबाट प्राप्त हुने गरेकोमा यस आ.व.मा प्राप्त नभएकोले महिला विकास तर्फको कार्यक्रम बाट पारिश्रमिक भुक्तानी गर्ने निर्णय गरिएको विज्ञप्तीमा भनिएको छ ।

साथै स्वस्थ्य शाखा तर्फ प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुमा कार्यरत कार्यालय सहयोगिहरुको पारिश्रमिक स्वास्थ्य तर्फको सर्शत अनुदान तर्फ बजेट प्राप्त नभएकोले निज कार्यालय सहयोगिहरुबाट कामकाज गर्ने आवश्यक भएको हुँदा २०७६ श्रावण देखि नै करार सम्झौता थप गरि गाउँपालिका तर्फको चालु खर्चबाट पारिश्रमिक भुक्तानी गर्ने, आ.व. २०७६/०७७ को लागि राजस्व संकलन सम्बन्धी सरोकार वाला सवैको उपस्थितिमा वृहत छलफल कार्यक्रम आगामि दशै र तिहारको विचमा राजस्व संकलन सम्बन्धि छलफल सम्पन्न गर्ने, गाउँपालिका भित्र चालु आ.व.मा सञ्चालन हुने योजनाहरुको लागि २०७६ असोज मसान्तसम्म उपभोक्ता समिति गठन गरिसक्ने, दशै तिहारको विचमा उपभोक्ता समितिका पदाधिकारीलाई योजना सञ्चालन सम्बन्धि तालिम कार्यक्रम सम्पन्न गरि मंसिर १ गते देखि योजनाको कार्य सञ्चालन गर्ने र LGCDPतर्फका सामाजिक परिचालकहरु विगत केहि वर्ष देखि कामकाज गर्दै आउनु भएको र यस आ.व. शुरुभएपछि पनि हालसम्म कामकाज गर्दै आउनुभएकोले २०७६ असोज मसान्तसम्म मात्र करार म्याद थप गरि चालु खर्चको विविध कार्यक्रम शिर्षकबाट तलव भुक्तानी गरि त्यसपछि करार म्याद थप नगरि काममा नलगाउने निर्णय भएको विज्ञप्तीमा उल्लेख गरिएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस