• २०८३ भाद्र ११ गते बिहिवार

माछा मार्ने क्रममा पोखरीमा डुबेर एक महिलाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–१२ बिजलपुरा चल्कीटोलको पोखरीमा डुबेर शनिवार राति एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ घर भएका केदार प्रसाद पराजुलीकी ३० बर्षिय श्रीमती मिना सुबेदी रहेकी छिन् ।

मिना  र केदार लामो समयदेखी पेशाले पोखरीमा माछा मार्ने काम गर्दै आएका थिए ।

शनिवार राति मिना बिजलपुरा चल्कीटोलको पोखरीमा बल्छी हालेर माछा मार्न गएकी थिईन् । माछा मार्ने क्रममा पोखरीमा डुबेर उनको मृत्यु भएको बर्दिवास प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमको लागि जनकपुर अंचल अस्पताल लगिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस