आश्विन ५ पर्सा, । पर्सामा आज बिहान ४ः३० बजे खेतमा गएका बेला बहोदरामाई नगरपालिका–३ का २५ वर्षीय माधव रामको चट्याङ लागेर मृत्यु भएको छ ।
गम्भीर घाइते भएका माधवलाई वीरगञ्जको नारायणी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको छ।