आश्विन ५ दोलखा, । जेसिबीको ठक्करबाट दोलखामा एक बालकको मृत्यु भएको छ ।
शनिबार बिगु गाउँपालिका-८ चिलङ्खामा झोरुङसोरुङ सावा सडकखण्डको बाटो मर्मत गर्ने क्रममा बा ३ क १२०६ नंको जेसिबी ब्याक लोडरले ठक्कर दिँदा सोरुङमा व्यवसाय गरी बसेका रमेश खड्काका चार वर्षीय छोरा रोजन खड्काको मृत्यु भएको हो ।ठक्कर दिने जेसिबी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।