असोज ५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी काठमाडौं महानगर कमिटीको अध्यक्षमा निर्मल देउला चयन भएका छ्न। नेपाल कम्युनिस्ट पार्टीको सनिवार बसेको सचिवालय बैठकले काठमाडौं लगायत महानगर कमिटीहरुको टुंगो लगाएको हो।
काठमाडौं क्षेत्र -४ को वडा ८ निवासी देउला लामो समय देखि तत्कालीन नेकपा एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिव रहेका थिए । गत निर्वाचनमा काठमाडौं क्षेत्र -४ को संयोजक रहेका देउला सालिन र कृयाशिल नेताका रूपमा चिनिन्छन। पार्टी संगठनको तल्लो तह देखि सकृय रहदै महानगर अध्यक्ष बनेका देउलाको सामु काठमाडौं महानगरको संगठन विस्तार संगै स्थानीय तहमा हुने कामको संयोजन गर्नुपर्ने गहन जिम्मेवारी रहेको छ। देशको राजधानी भएकोले काठमाडौं महानगरको जिम्मेवारी निकै महत्वपुर्ण मानिन्छ ।