• २०८३ बैशाख ५ गते शनिवार

East Tourism mart 2019 धरान मा सुरु

पढ्न लाग्ने समय : ३ मिनेट
  • बिनोद दर्नाल, खबर24नेपाल

असोज ५, सुनसरी । नेपाल भ्रमण बर्ष २०२० को प्रस्तावित बिन्दु आधार बिन्दु मान्दै नेपाल पर्यटनबोर्ड , प्रदेश सरकार को सहकार्य र धरान उपमहानगरपालिका को आयोजना ४ दिन सम्म चल्ने East Tourism mart 2019 शनिबार बाट धरान स्थित सिद्दी नेवा परिषदमा सुरु भएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको कार्यक्रम मा नेपाल भरिका पर्यटन व्यबसायी संगै भारत , बङ्ग्लादेश , भुटान लगायत देश हरुका पर्यटन व्यबसायी तथा प्रतिनिधि हरु को उपस्थित रहेको छ । उद्घाटन कार्यक्रम मा सम्बोधन गर्दै प्रमुख अतिथी मुख्यमन्त्री राई ले प्रदेशको पर्यटन विकास तथा प्रर्वद्धन गर्न सरकारले पुर्वाधार निर्माण गर्न प्राथमिकता साथ अघी बढी रहेको बताउनु भयो । मुख्यमन्त्री राईले प्रदेशको पर्यटन विकास र प्रर्वद्धनमा ठोस योजना बनाएर काम गर्ने पनि बताउनु भयो । सबै पुर्वधार हरु तयार गरेर बर्सेनी सबैखाले पर्यटक हरु लाई प्रदेश १ बाट नै भित्र्याउने योजना सहित यहाँ का बिमानस्थल हरुको स्तरुन्नती को काम पनि सुरु गरिने बताउनु भयो । प्रदेश १ का लागि छनोट मा परेका सबै पर्यटकिय क्षेत्रहरुलाई सजाउने र सिगार्ने काम लागि परेको बताउदै नेपालकै होचो स्थान केचनादेखि विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म फाष्ट ट्रयाक बनाउने योजना रहेको पनि स्पस्ट पार्नु भयो । अब कुनै पनि अवस्था मा विलम्ब नगर्ने प्रतिबद्दत्ता गर्दै केचनादेखि सगरमाथाको आँगनसम्म पुग्ने फाष्ट ट्रयाक बनाएर पर्यटकहरुलाई सहज बनाउन सहयोग गर्ने बताउनु भयो ।सबै पर्यटन व्यबसायीहरु सङ्ग सहकार्य गरेर मात्रा नेपाल भ्रमण् बर्ष सफल हुने जिकिर गर्दै प्रदेश १ मा चाडै नै लगानी सम्मेलन को आयोजना गर्ने समेत न् बताउनु भयो ।

प्रदेश नं १ मा साँस्कृतिक, धार्मिक र पर्वतीय पर्यटनको माध्यमबाट बर्षमा लाखौं पर्यटक भित्र्याउन सकिने मुख्यमन्त्री राईको भनाई थियो ।कार्यक्रम मा स्वागत मन्तव्य राख्दै धरान उपमहानगरपालिका कि कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले धरानले भोजपुर , ईलाम , ताप्लेजुङ्ग तेह्रथुमको प्रचार यही बाट गरिरहेको बताउदै , धरान सबै तिरको हब र प्रस्थान बिन्दु पर्यटनको हब भएकोले धरानको बिकास र पर्यटन व्यवसाय स्थापित हुन सके अन्य क्षेत्रको पनि विकास हुने जिकिर गर्नु भयो । धरानको मिशन शिक्षा, स्वास्थ्य र पर्यटनको विकास भएको समेत बताउनु भयो ।

गत बर्ष बाट सुरु भएको East Tourism mart मा गत बर्ष नेपाल भरिका पर्यटन ब्यबसायी लाई मात्रा समेटिएको मा यो बर्ष भने नेपाल का पर्यटन व्यवसायी नभएर , भुटान , बङ्गलादेश , भारत लगायत बाट पर्यटन व्यबसायी हरुको उपस्थिती रहेको थियो । कार्यक्रम मा वन, उद्योग तथा पर्यटन मन्त्री जगदीश कुसियत, सरकारले प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारी ,नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी पुर्वाधार लगायत ले बोल्नु भएको कार्यक्रम मा पर्यटन व्यवसायी हरुले बिभिन्न पर्यटकिय क्षेत्रको जानकारी दिन स्टल समेत् राखेका छन । कार्यक्रम असोज ४ – ६ गते सम्म चल्ने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस