भदौ ४, काठमाडौं । चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई प्रहरीले पक्राउ गरेको छ । चलचित्र निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले दिएको किटानी जाहेरीका आधारमा उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार, शाहीविरुद्ध बुधबार जिल्ला अदालत, काठमाडौंबाट आपराधिक विश्वासघात सम्बन्धी कसूरमा दुई दिन म्याद थप गरिएको छ । ‘अदालतले अनुसन्धानका लागि दुई दिन थुनामा राख्ने अनुमति दिएको छ, अब अनुसन्धान सुरु गर्छौं’, सहकूल थापाले जानकारी दिनूभयो ।गोविन्द शाहीले चलचित्र वितरणबाट आएको करिब एक करोड रुपैयाँ लिएर फरार भएको आरोप जाहेरीमा लगाइएको छ ।