- सागर थापा
भदौ ५, दाङ । जिल्ला ट्राफिक प्रहरि कार्यालय दाङले सबैका लागि उदाहरणिय र अनुकरणिय काम गरेर समाजमा सकारात्मक शन्देश प्रवाह गरेको छ । सदैव सिटि फुकेर ड्युटिमा बस्दै आएका ट्राफीक प्रहरी बेल्चा लिएर घोराहीको तुलसिपुर चोकमा फरक भुमिकामा देखीएका हुन ।

दाङ ट्राफिकले सडक निर्माण काम गर्दै गर्दा अधिकांश ट्राफीक प्रहरीहरु हातमा वेल्चा, वालुवा विच्छाउदै गरेको अवस्थामा भेटिएका थिए । समुदाय प्रहरी साझेदारी सडक सुरक्षा कार्यक्रम अन्तरगत सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले स्थानीय सरकार, उद्योग बाणिज्य संघ दाङ तथा सरोकारवाला निकायहरु संग जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको समन्वयमा सडकमा भएका खाल्डा–खुल्डीहरु पुरेर सवारी आवागमनलाई व्यबस्थित गरी सवारी दुर्घटना न्यूनीकरण गर्न यस्तो गरिएको हो ।
यो कार्यले चारैतिर दाङको ट्राफीक प्रहरीले चर्चा कमाएको छ । राज्यका निकायहरु नै यसप्रति गम्भिर बन्नुपर्नेमा ट्राफीक प्रहरीले आफ्नोकर्तब्य सम्झीएर गरेका यस्ता सकारात्मक कृयाकलापले समाजमा छुट्टै नयाँ मान्यता स्थापित हुने र सडक बिभाग कार्यालय दाङले गर्नुपर्ने काम ट्राफिक प्रहरीले गरेको दाङ वासिहरुको भनाई छ ।