• २०८२ असार ५ गते बिहिवार

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जाँदै

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ५, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जाँदै हुनुहुन्छ । चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिङ्गापुर जान लाग्नुभएको हो ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै आफू स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जान लागेको बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि ०६४ साउनमा दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस