कार्तिक ४, काठमाडौं । राष्ट्रिय गौरवको योजनामा समेटिएको नौबीसे–नागढुंगा सुरुङमार्गको आज प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा शिलान्यास हुँदैछ । आज अपराह्न ४ बजे सुरुङमार्ग शिलान्यास हुन लागेको हो ।
२.७ किलोमिटर लामो सुरुङमार्ग काठमाडौंतर्फ थानकोटस्थित नेपाल आयल निगमको डिपोभन्दा तलबाट सुरु भई धादिङतर्फ धुनिबेसी नगरपालिकाको सिस्नेखोलामा अन्त्य हुने छ । जापान सरकारको करिब १६ अर्ब सहुलियत ऋणमा बनाउन लागिएको सुरुङमार्गको निर्माण ३ वर्ष ६ महिनामा सक्ने लक्ष्य राखिएको छ । यो ओजना सम्पन्न भए सगैं नौबीसे–नागढुंगा क्षेत्रको जाम अन्त्य हुने र यात्रा पनि छिटो हुने बताइएको छ ।
चिनियाँ कम्पनी हाजमा–आन्दो जेभीले निर्माणको जिम्मा पाएको यस आयोजना सम्पन्न भएपछि नौबीसेबाट काठमाडौं आइपुग्न झण्डै दुई घण्टा लाग्ने समय २० मिनेटमा हुनेछ ।