• २०८२ जेष्ठ ३० गते बिहिवार

गुरु लामा कार्कीको डेब्यू चलचित्र “मिराज” को ट्रेलर बाहिरियो (हेर्नुहोस ट्रेलर)

पढ्न लाग्ने समय : २ मिनेट

भाद्र ४, काठमाडौं । बालमनोबिज्ञानमा आधारित चलचित्र ‘मिराज’ को ट्रेलर बाहिरिएको छ ।उक्त चलचित्रको ट्रेलर लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फत सावर्जनिक भएको हो । ट्रेलरलाई डि. डि. इन्टरटेनमेन्ट नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको ट्रेलरमा माया, डर, अपहरण र त्यसबाट बच्नका लागि गरिएको भागदौड देख्न सकिन्छ । फिल्मलाई समेत यसै च्यानलबाट प्रदर्शन गरिने बताइएको छ । फिल्मको मुख्य अभिनेताको भूमिका गुरु लामा कार्कीले निर्वाह गरेका छन् । उनले यो फिल्ममार्फत नेपाली सिनेमा क्षेत्रमा डेब्यु गरेका हुन । अभिनेता गुरुका अनुसार फिल्ममा अहिलेसम्म कसैको ध्यान नपुगेको फरक किसिमको कथा वस्तु रहेको र फिल्मलाई एक पटक मात्र नभएर पटक–पटक दोहोर्याएर हेर्ने अवस्था समेत सृजना हुने बताएका छन् । निर्देशक प्रकाश सुब्बाले निर्देशन गरेको फिल्ममा उनी आफैँ दोहोरो भूमिकामा देखिएका छन् । उनले यो भूमिका निर्वाह गर्नका लागि २२ केजी तौल घटाएर सानो बालक जस्तै देखिएका हुन । फिल्ममा रुवी आचार्य मुख्य अभिनेत्रीको भुमिका निर्वाह गर्दै छिन् ।

उनको पनि यो पहिलो फिल्म रहेको छ । फिल्ममा गुरु लामा कार्की र रुवीका साथ अशोक चेमजोङ, सरोज केसी, तिर्थ याक्सो, शिशिर सुबेदी, केशव रायमाझी, जगदिश कार्की, दिनेश कोइराला, भीम लामा, सन्तोष सरकार, सागर विष्ट, मातृका आचार्य, प्रकाश सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । समाज र घर–घरमा भएको कथालाई लिएर सस्पेन्स र बालमनोविज्ञानमा आधारित रहेको प्रयोगात्मक फिल्मलाई पूर्वका विभिन्न ठाउँमा छायांकन गरिएको हो ।

फिल्म यही असोजमा प्रर्शनमा आउने निर्माण टिमले जानकारी दिएको छ ।(हेर्नुहोस ट्रेलर)

प्रतिक्रिया दिनुहोस