भदौ ४, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखसहित ३ जनाविरुद्ध उजुरी दिएकी छिन् ।
निकिताले महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत उजुरी दिएकी हुन् । उनले दर्ता गरेको उजुरीमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ल, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष तथा जनआस्था साप्ताहिक पत्रिकाका सम्पादक किशोर श्रेष्ठ र नेपालआजडट्कम नाम अनलाइन समाचार पोर्टलका सम्पादक संकेत कोइरालालाई विपक्षी बनाइएर उजुरी दर्ता गराएकी हुन ।