• २०८३ कार्तिक २१ गते शुक्रवार

नवलपरासी रामग्राम नगरपालिका : वडाध्यक्ष र लेखनदास पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पौष ४ , नवलपरासी । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नवलपरासी रामग्राम नगरपालिका-१८ का वडाध्य‌‌क्ष दुई लाख घुस रकमसहित पक्राउ परेका छन् ।

अध्यक्ष गोपाल डिस्वा मगर र लेखनदास रवीन्द्र यादवले कार्यालयबाट सिफारिस दिने प्रायोजनार्थ दुई लाख घुस माग गरेका थिए । सोही सूचनाका आधारमा अख्तियारको बुटवलको टोलीले बिहीबार दुवैलाई नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

उनीहरूलाई आयोगले सोही वडामा रहेको होली चाइल्ड स्कुल नजिकबाट पक्राउ गरेको हो । पक्राउ गरी आयोगले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस