कात्तिक ३, बारा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रसौनी गाउँपालिका-३ स्थित इँटाभट्टामा काम गर्ने भारत युपी मुरहदाबाद घर भएका २० वर्षीय आरिफ मिया र सोही ठाउँ घर भएका १९ वर्षीय सारिक मियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।