• २०८३ बैशाख २६ गते शनिवार

नगरपालिकाको सब इन्जिनियर घुस रकम सहित रङ्गेहात पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

साउन ४, सिराहा । गोलबजार नगरपालिका, सिरहाका सब इन्जिनियर उमा श्रेष्ठ घुस रकम सहित रङ्गेहात पक्राउ परेका छन ।

उनलाई गोलबजार नगरपालिका वडा नं ७ पुरानो चोहर्वा बसपार्क स्थित अशोक साहको होटलबाट घुस रकम सहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

सब इन्जिनियर उमा श्रेष्ठले शौचालय निर्माणको भुक्तानी दिन सहज गराई दिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास, महोत्तरीबाट खटिई गएको टोलीले सेवाग्राहीसँग रू.५०,०००।– घुस वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस