पौष, ३ एजेन्सी । बलिउड नायीका रानी मुखर्जी र नायक सैफ अली खान ११ बर्षपछि फिल्म ‘बन्टी और बबली टु’मा देखिनेछन् ।

यसपटक ठगको भूमिकामा सिद्धान्त चतुर्वेदी र शरवरी मुख्य भूमिकामा रहने साथै फिल्ममा अर्का एक ठग जोडीमा सैफ र रानी पक्का भएका छन् । यी दुई सिनियर ठगको भूमिकामा छन् ।
सैफ भन्छन्, ‘बन्टी र बबली टु आजको समयमा आधारित छ । यो एक भिन्न प्रकारको सिक्वल हो । यसको शानदार स्क्रिप्टले मलाई तत्काल प्रभावित गरेको थियो ।
यो पूरा परिवार सँगै बसेर रमाइलो गर्न सकिने एक मनोरञ्जनात्मक फिल्म हो । यसैकारण मलाई यो मन पर्यो र म योसँग जोडिएँ । रानीसँग काम गर्नु निकै रमाइलो भइरहेको छ । मलाई पुनः त्यहि रचनात्मक सहयोगको प्रतिक्षा छ ।’