पौष, ३ एजेन्सी । आगामी अपि्रल २५ तारिखमा थाइल्याण्डमा हुने इन्टरनेशनल फेसन फेष्टिबलका लागि पहिलो चरणमा साढे तीन वर्षीय बालक कृभिशेष खड्का भएका छन् ।

उक्त अडिसनबाट १२ जना छनोट भएका छन् भने सो छनोटमा साढे तीन वर्षीय बालक कृभिशेष खड्कासमेत रहेका छन् ।
ड्रिम सर्च एजेन्सीले आयोजना गर्ने थाइल्याण्ड इन्टरनेशनल फेसन फेष्टिबलका लागि काठमाडौंमा भएको पहिलो चरणको अडिसनबाट प्रि-किड्स, किड्स, प्रि-टिन र टिनहरु गरी १२ जनालाई छनोट गरिएको छ । अडिसनबाट कूल ३५ जना छानिने छन् । त्यसका लागि भक्तपुर, इटहरी, धरान, विराटनगर र पोखरामा पनि अडिसन हुनेछ ।
प्रतियोगितामा ३.५ देखि १७ वर्ष उमेर समूहका बाल बालिकाले सहभागीता जनाउन सक्नेछन् । थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टबलमा यो सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भने आगामी अप्रिल २५ तारिखमा हुनेछ ।