• २०८२ असार ४ गते बुधवार

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने प्रहरी निरीक्षक पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ६, काठमाडौं । रुपन्देही, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, बुटवल दरबन्दी भई प्रदेश प्रहरी तालिम केन्द्र ४ नं. प्रदेश पोखरामा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश रेग्मीको शैक्षिक प्रमाणपत्र पाइएको छ ।

झुट्टा शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेकोले छानबिन गरी पाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज प्रहरी नायव निरीक्षक दिनेश रेग्मीले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश, वोर्ड अफ हाइस्कूल एण्ड इन्टरमिडियट एजुकेशन यू.पी. भारतबाट इन्टरमिडियट परीक्षा उत्तीर्ण गरेको झुट्ठा शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली पाइएको हो । उनले नक्कली प्रमाण पत्र पेश गरी बढुवा समेत लिएको देखिन हाएको छ ।

निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० को कसुर गरेको पुष्टि हुन आएको हुँदा उक्त बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस