• २०८२ जेष्ठ ३० गते बिहिवार

सानै उमेर देखि स्मृति बस्नेतको मोडलिङ तथा कलाकारिता मोह

पढ्न लाग्ने समय : ३ मिनेट

काठमाडौँ: सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने स्मृति बस्नेत अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिषरत छिन l स्मृति बस्नेतले भनिन्, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो l एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि स्मृति बस्नेत बताउछिन।

परिवारको साथ र सपोर्ट बाट अगाडी बढेकी उनि चर्चित नायिका बन्न चाहन्छिन lमेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भबनै छ l अहिलेको एक्काइसौ शताब्दीमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ l नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार काठमाडौँलाइ कर्मथलो बनाएर आफ्नो भाग्य चम्काउन दैनिक हजारौ मानिस शहरीकरण हुदैछन l

राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन, त्यसै सपना संग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो l युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ l

त्यस्तै चाहना लिएर मोडलिङ तथा अभिनयको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नब मोडल हुन स्मृति बस्नेत अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन l मोडलिङ क्षेत्रमा प्रवेश गरेकी स्मृति बस्नेत अहिले नेपाल टेलिभिजन बाट प्रशारण हुने चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र झट्का मार्फत चर्चामा रहेकी छिन l

अभिनय तथा नृत्यमा पोख्त मोडल स्मृति बस्नेत सुन्दर मुहार र आकर्षक शरीरको धनि छिन अग्लो चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो l उनि मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन l मोरङमा जन्मेर हुर्केकी स्मृति बस्नेत हेर्दा पनि निकै आकर्षित हासी रहने शालीन स्वभाबकि छिन l मोडेल स्मृति बस्नेत भन्छिन यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको उनि बताउछिन l चाडैनै नायाँ चलचित्र मार्फत उनि नायिकाको रुपमा उदाउने भएकी छिन l

प्रतिक्रिया दिनुहोस