• २०८३ जेष्ठ २९ गते शुक्रवार

आयुष्मानका लागि प्रियंका लेख्छिन्, ‘म तिमीलाई सधैका लागि माया गर्छु’

पढ्न लाग्ने समय : १ मिनेट

पौष, २ काठमाडौँ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको बिहे त यो बर्ष नहुने पक्का भैसकेको छ । नायिका  कार्कीले आयुष्मानको जन्मदिनमा स्टाटस लेख्दै भनेकी छिन्, ‘म तिमीलाई सदाका लागि माया गर्छु र त्यो भन्दा पनि अझ थप एकदिन पछिसम्म माया गरिरहनेछु ।

‘मलाई थाहा छ, म तिमीसँग प्रणय बन्धनमा बाँधिएको पहिलो व्यक्ति होइन । तिमीपनि पहिलो व्यक्ति होइनौ जसलाई मैले एकहोरो भावले सधैभरी हेरिरहेँ । हामीहरु दुबै एउटै चक्कुका दुई धार जस्ता तिखा विचारहरु बोेकेका व्यक्तिहरु हौं ।’

प्रियंकाले दुइको प्रेमलाई उनले चमत्कारमाथिको चमत्कारको रुपमा व्याख्या समेत गरेकी छिन् ।

Sharing

प्रतिक्रिया दिनुहोस