• २०८३ बैशाख १६ गते बुधवार

रोल्पामा सत्प्रयास मिडिया गुप्रद्धारा ३० जना बालबालिकालाई स्विटर हस्तान्तरण

पढ्न लाग्ने समय : १ मिनेट

पौष १, रोल्पा । रोल्पा नगरपालिका वडा नम्बर २ देउराली स्थित सरस्वती प्राथमिक विद्यालयका ३० जना बालबालिकालाई स्विटर हस्तान्तरण गरिएको छ । सत्प्रयास मिडिया गुप्रको कोशिस अभियन्ताहरुको एक टोलीले विद्यालयमै पुगेर स्विटर हस्तान्तरण गरेको हो ।

जाडो मौसममा पनि स्विटर विना विद्यालय आउन वाध्य विद्यार्थीलाई अभियन्ताहरुले सहयोगका रुपमा स्विटर वितरण गरिएको जनाईएको छ । अभियन्ता कुलबहादु डाँगीका अनुसार आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीलाई स्विटर दिईएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर वलीको अध्यक्षतामा स्विटर वितरण गरिएको हो । अभियन्ताहरुको प्रतिनिधित्व गर्दै काशीराम डाँगी, महेश न्यौपाने, खेम बुढामगर, हेमन्त खत्री, कुलबहादुर डाँगी, सुदिप डाँगी, मुकेश कुवर, दिनेश सुवेदी, गोकर्ण पुनको टोली विद्यालयमा पुग्नु भएको थियो । अभियन्ता पहलमान घर्ती, नेपाल मगर संघ रोल्पाका अध्यक्ष कुमबहादुर पुनले समेत स्विटर सहयोग गरेका छन् । अभियन्ताहरुले स्वंसेवी रुपमा स्विटर सहयोग गरेका हुन् ।

समाजसेवी शेरबहादुर डाँगीले तीन जना विपन्न बालबालिकालाई विद्यालय पोशाक दिने प्रतिवद्धता जनाउनु भएको छ । स्विटर वितरण सँगै विद्यार्थीलाई स्वस्थ आनीवानी, खानपान र सरसफाई बारे सिनियर अहेव कुलबहादुर डाँगीले अभिमुखिकरण समेत गर्नु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस