पौष, १ काठमाडौँ । धनगढी उपमहानगरपालिका-३ स्थित केदारटोलमा शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ ।

सोमबार राति केदारटोलमा बस्ने ३१ वर्षीय रोशन बमको शौचालयमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शौचालय गएका उनी लामो समयसम्म नफर्किएपछि परिवारका सदस्यले शौचालयको ढोका खोलेर हेर्दा बेहोस अवस्थामा फेला पारेको र उपचारका लागि धनगढीकै माया मेट्रो अस्पताल ल्याएकामा मृत भनी उपचारमा संलग्न चिकित्सकले बताएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।