असोज ३०, काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीन प्रस्थान गरेका छन । चीनको उहानमा हुने सातौँ विश्व सैन्य खेलकूद प्रतियोगिता र बेइजिङमा हुने ‘बेइजिङ स्याङ्ग्सन फोरम’मा भाग लिन आज त्यसतर्फ मन्त्री पोखरेल प्रस्थान गरेका हुन ।
उपप्रधानमन्त्री पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेना रथी शरद गिरी लगायतले बिदाइ गरेका हुन । प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिएको छ । स्याङ्ग्सन फोरम यही अक्टोबटर २० देखि २२ सम्म चल्नेछ । मन्त्री पोखरेल आगामी कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।