• २०८२ जेष्ठ ३० गते बिहिवार

स्वर्गिय पत्रकार गेलाङ्ग स्मृती पत्रकारिता पुरुस्कार अक्षयकोष स्थापना : आश्रित परिवारलाई नगद १ लाख सहयोग प्रदान गरिने

पढ्न लाग्ने समय : २ मिनेट

असार २ सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको सोमबार वसेको सचिवालय वैठकले स्वर्गिय पत्रकार नन्दबहादुर गेलाङ्गको असामयिक निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले गेलाङ स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्ने, आश्रित परिवारका लागि सहयोगार्थ अक्षयकोष स्थापना गर्ने र तत्कालका लागि महासंघ सुर्खेत शाखाले आश्रित परिवारलाई नगद १ लाख सहयोग प्रदान गर्ने निर्णय समेत गरेको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव समेत रहेका पत्रकार गेलाङको मिति २०७६ जेठ २९ गते दिउँसो समाचार संकलनका लागि जाने क्रममा भेरीगंगा नगरपालिका वडा नं. ८ लोदेमा भएको सवारी दुर्घटनामा परी असामयिक निधन भएको थियो । सचिवालय वैठकले प्रेस विज्ञप्ति जारी गर्दै शोक प्रस्तावसँगै मिति २०७६ असार ६ गतेसम्म पत्रकार महासंघका कुनैपनि औपचारिक कार्यक्रमहरुको आयोजना नगर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सचिब सुदिप पुरीले बताए । गेलाङको सम्झनामा मिति २०७६ असार ६ गतेका दिन शाखा प्राङगणमा श्रद्धाञ्जली अर्पण गर्ने निर्णय पनि गरीएको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय सामाजिक संजालमा सुर्खेतसहित कर्णाली प्रदेशका पत्रकारहरुको चरित्र हत्या गर्नेजस्ता विभिन्न टिकाटिप्पणीले पत्रकारहरुले असुरक्षित महसुस गरिरहेकोले यस बिषयमा जिल्ला शाखा सुर्खेतले महासंघको कर्णाली प्रदेश र केन्द्रीय समितिलाई यथार्थ जानकारी गराउनेछ ।’

प्रतिक्रिया दिनुहोस