• २०८२ असार ४ गते बुधवार

नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, गुल्मी । आफ्नी दुई महिनाकी नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले गुल्मी दरबार गाउँपालिका ४ की एक महिलालाई पक्राउ गरेको छ ।

आमाको काखमा रहेकी दुई महिने शिशुु बिष्णु विक बिहीबार बेलुकी मृत फेला परेपछि प्रहरीले मृतककी आमा ३५ वर्षीय जुना विकलाई पक्राउ गरेको हो । शिशुलाई आमाले नै हत्या गरेको हुनसक्ने शंका लागेपछि परिवारले प्रहरीलाई खबर गरेको बताइएको छ ।

प्रहरीले जनाए अनुसार मृतक शिशुुको शरीरमा कान नजिकै सामान्य चोट देखिएको हुँदा शवको पोष्टमार्टम र आमाको बयानपछि थप अनुसन्धान गरी घटनाको सत्यतथ्य बाहिर आउने छ ।

प्रतिक्रिया दिनुहोस