• २०८२ असार ५ गते बिहिवार

टेलिकम भवनबाट खसेर वसन्तको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं : बबरमहलको टेलिकम भवनको टावरमा काम गर्ने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । आइतबार भवनमा टावर जडानको तालिम लिने क्रममा ३३ वर्षीय वसन्तलाल राठौरको लडेर मृत्यु भएको हो ।

टावरमा काम गर्दैगर्दा चिप्लिएर खसेको प्रत्यक्षदर्शीको भनाइ छ । काठमाडौं प्रहरी प्रमुख बसन्त लामाले भारतीय नागरिक राठौरको मृत्यु भएको घटनाको छानबिन भइरहेको बताए । मृतक राठौर टेलिकमको आउट सोर्सिङ कम्पनीका कर्मचारी हुन् ।

प्रतिक्रिया दिनुहोस