• २०८३ जेष्ठ २१ गते बिहिवार

दुई ओटा ट्रक जुध्यो, एकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, ३० चितवन । राप्ती नगरपालिका–१ लोथरमा दुई ओटा ट्रक एकआपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

आज बिहान साढे ७ बजे ना ६ ख ७९६७ र ना ५ ख ८७४३ नम्बरको ट्रक एक आपसमा जुध्दा गम्भीर घाइते भएका ८७४३ नम्बरको ट्रकका चालक हेटौंडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीर बहादुर लोप्चनको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् उनीहरुको भरतपुरमै उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस