• २०८३ जेष्ठ १ गते शुक्रवार

रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

पढ्न लाग्ने समय : १ मिनेट

साउन ३१, चितवन । रवि लामिछानेलाई थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि लामिछानेसहित अन्य दुई जनालाई हिरासतमा राख्न अनुमति दिएको हो ।

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका लामिछानेसहित युवराज कडेल र अस्मिता भनिने रुकु कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई शुक्रवार चितवन जिल्ला अदालतमा पेश गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस