• २०८३ बैशाख ४ गते शुक्रवार

महाकवि देवकोटा माध्यमिक विद्यालयमा ३ बर्षे अटो मोबाईल ईन्जिनियरिङ डिप्लोमाको भर्ना सम्बन्धि छलफल

पढ्न लाग्ने समय : १ मिनेट

 .बिमल भट्टराई /ईन्दिरा विश्वकर्मा

असोज २८, नबलपरासी । पश्चिम नवलपरासीको महाकवि देवकोटा माध्यमिक विद्यालय प्राविधिक शिक्षालयको आयोजनामा मंगलबार ३ बर्षे अटो मोबाईल ईन्जिनियरिङ डिप्लोमा को भर्ना सम्बन्धि छलफल एंव अन्र्तक्रिया कार्यक्रम सुनवलमा सम्पन्न भएको छ ।

महाकवि देवकोटा माध्यमिक विद्यालय प्राविधिक शिक्षालयले सी.टि.ई.भि.टि. बाट ३ बर्षे अटो मोबाईल ईन्जिनियरिङ एण्ड मेकानिजम्को कार्यक्रम संचालनको लागी स्विकृती पाएँ सगै शैक्षिक सत्र २०७६ र ७७ का लागी इच्छुक तथा योग्य उम्मेदारहरु एंव सिङगो सुनवल नगरपालिका मै जानकारी गराउने उद्येश्यले मंगलबार सुनवल १ सोमनाथमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

नवलपरसी जिल्ला बर्दघाट सुस्ता पश्चिमकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित यस महाकवि देवकोटा माध्यमिक विद्यालय सुनवल १ नवलपरासीमा प्राविधिक शिक्षालय कार्यक्रम अन्र्तगत विगत १८ बर्ष देखि हाल सम्म निरन्तर रुपमा सि.टि.ई.भि.टि. बाट मान्यता प्राप्त गरी अटो मोबाईल ईन्जिनियरिङ एण्ड मेकानिजम्को कार्यक्रम संचालन गर्दै आईरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस