• २०८२ असार ५ गते बिहिवार

उपेक्षित कर्णाली : खिमराज गिरी

पढ्न लाग्ने समय : २ मिनेट
  • खिमराज गिरी

भाद्र २९,काठमाडौं । वास्तवमा नेपाल यसैपनि भौगोलिक हिसावले हिमाल, पहाड र तराइको समथर भुभाग मिलेर वनेको एक सानो देश हो नेपाल । यहाँ विभिन्न जात जाती, भाषा भाषी, धर्मावलम्वीहरुको वसोवास छ ।

धर्म, संस्कार, रीतिरिवाजमा विविधता भएतापनि सामाजिक एकता नै नेपालको पहिचान हो तापनि गरिबीकै कारणले आत्महत्या जस्तो गम्भीर अवस्थामा पुग्न खोज्नु भनेको सायद जिवनदेखि वाक्क दिक्क भएर होला !

प्रहरीको तथ्यांकमा विभिन्न कारणले सबभन्दा बढि आत्महत्या गर्नेको संख्या कर्णाली प्रदेशमा देखिएको छ । हामीले बाध्यताले यो देख्नु र पढ्नु परेको छ कि देशको अन्य भागमा भन्दा यहाँका मानिसहरुमा विरामी हुँदा उपचार गर्ने रकम नहुनु, अघि पछिको त कुरै छोडौ आर्थिक अभावले गर्दा चाडबाड पनि राम्रोसँग मान्न नसक्नु, न त एकसरो राम्रो नाना छ, न त गतिलो छाना नै, न त यातायातको सुविधा छ न त नेताहरुको गाउँ मोह छ !

जसले गर्दा भन्नै पर्दछ कि राज्य अपाङ्गजस्तो त्यतिखेर हुँदोरहेछ जतिखेर यहाँको बौद्धिक वर्गहरु पदिय लोभ र मोहमा फँसी राजनीतिक कित्ताकाँटको अमिन वन्दछन् र यस्ता विकटका ठाउँहरु सदैव पछाडि परिराखेका हुन्छन् अनि राज्य सपाङ्ग त्यतिखेर हुन्छ जतिखेर समग्र रुपमा जनताको लागि गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीका अवसरहरु जुटाउन सक्ने नेता र बुद्धिजीवीहरुको खाँचो हुँदैन ।

आजकल त यो सामाजिक सञ्जालले झन फेसबुकका पानाहरु रंग्याउने कालिगढ मात्र उत्पादन गरेजस्तो देखिन्छ किनकी उपलब्धिमुलक, तथ्यपरक मसलाहरु पस्किनुको सट्टामा अनावश्यक स्ट्याटसले भरिएका हुन्छन् तर गफै गफको सागर वनेको छ यो फेसवुक, न पाउने माम, न त पाउने दाम खाली समयको मात्र वरवाद अनि कर्म भुमीमा ओर्लेर कहिले गर्ने काम ?

तसर्थ फलफुल र जडिबुटीको धनी कर्णाली अञ्चलमा यातायातको सुविधा हुने र माथिल्लोस्तरका नेताहरुको ध्यान काठमाण्डौमुखि नभै कम्सेकम गास, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरु जुटाई यातायात सुविधामा जोड दिई प्राकृतिक श्रोत र साधनले धनी कर्णालीलाई सदुपयोग गर्न जान्ने हो भने कर्णाली मात्र होइन त्यहाँको विकासले नेपालको अन्य क्षेत्रहरुलाई पनि प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने थियो तर हाम्रा नेताहरु पहिला चुनावमा सोझा गाउँका जनताहरुलाई विभिन्न आश्वाश्नको पहाड तेस्र्याउँछन् पछि चुनाव जितेर आएपछि शहरको आकर्षणले मोहनी लगाउँछ र भ्रष्टाचारको पगरी गुँठी यतै घरजाम गरेर वसेपछि अनि के को गाउँ मोह, अनि गरिव जनतालाई सँधै ”आगे आगे वात, पिछे पिछे लात” भनेजस्तो !

मध्ये नेपाल नगरपालिका २ लमजुङ्ग, हाल : काठमाण्डौ , ९८५११९२०८८

प्रतिक्रिया दिनुहोस