• २०८३ बैशाख ३१ गते बिहिवार

पत्रकार रवि लामिछाने पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०,काठमाडौं । प्रहरीले पत्रकार रवि लामिछाने र युवराज कँडेललाई काठमाडौंबाट पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।

उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । न्युज २४ टेलिभिजनमा काम गरेका पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियोमा उनले लामिछानेको कारण आत्महत्या गर्नुपरेको बताएका थिए ।

बिहीबार दिउँसो उक्त घटनासँग जोडिएकी अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो। लगत्तै प्रहरीले लामिछाने र कँडेललाई बिहीबार साँझपक्राउ गरेको हो।

Sharing

प्रतिक्रिया दिनुहोस