जेठ ३२, काठमाडौं । आज दिउँसो देशको पुर्वी तथा मध्य भु-भागमा आंशिक देखि सामान्य बदली रहने र पश्चिमी भु-भागमा आंसिक बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना देखिन्छ।
यस्तै राति देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।