• २०८२ जेष्ठ ३२ गते शनिवार

न्यूजिल्याण्डको मस्जिदमा आक्रमणमा धेरै हताहत

पढ्न लाग्ने समय : १ मिनेट

चैत १, काठमाडौं । न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई वटा मस्जिदमा अज्ञात समूहले आक्रमण गरेको छ । मस्जिदमा अन्धाधुन्द गोली प्रहार हुँदा धेरै हताहत भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

मस्जिदमा आज जुमेको नमाज थियो । त्यही बेला आक्रमण भएको हो । प्रहरी कमिश्नर माइक बुशका अनुसार एक आक्रमणकारी पक्राउ परेका छन् । उनले घटनामा अन्य व्यक्ति वा समूहको संलग्नता भए(नभएको खुलेको छैन र यस सम्बन्धमा अनुसन्धान भइरहेको बताएका छन् ।

थप आक्रमणको भय बढेपछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई पनि अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको छ ।

प्रधानमन्त्री जेसिन्डा अर्डनले घटनामा दुःख व्यक्त गर्दै न्यूजिल्याण्डका लागि कालो दिन भएको प्रतिक्रिया दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस