फागुन ०३, काठमाडौं । रुकुमेली गायक तथा संगीतकार अमित बाबु रोकायको मार्मिक लोकदोहोरी गित ‘कठै कान्छु’ बोलको गित सार्वजानिक भएको छ । गायक तथा संगीतकार अमित बाबू रोकाय प्राय जसो पिढाको शब्दहरुले समेटिएका गीत गाउने गायक मध्येका एक गायक हुन ।
नेपाली गित सङ्गितलाइ केहि माथि उठाउनको लागि अमित बाबु रोकाय दिन-रात लोकसङ्गितमा लागिरहेको हामि मुल्याङ्कन गर्न सक्छौ । कहिले “गयो माया खेर” , “आँशु पिउला बरु”, “नरुने मन” , “यो विरानो ठाउँमा”, कहिले त “गुनासो” ,“दुखी जीवन” जस्ता लोकप्रीय गीतहरुबाट दर्शकको माया पाएका गायक अमित बाबु रोकायले यतिबेला बियोगान्त लोकदोहोरी गित ‘कठै कान्छु’ लियर दर्शक सामु आएका छन ।
बाग्लुङ्ग कालिका म्युजिक प्रा .लीको प्रस्तुतीमा अमित बाबु रोकायको लय तथा कमाला बि.क को शब्द रहेको गीत कठै कान्छुमा गायक तथा संगीतकार अमित बाबु रोकाय ,देवी घर्ति र जमुना श्रेपालीको स्वर रहेको छ ।
गीतमा दिपेश घिमिरे ,आशा खड्का ,सुरबिर पण्डित , अनुमति नेपाली ,सुरेश कौसल्या र सीमन सुरेश कौशल्या को अभिनय रहेको छ । भिडियोको निर्देशन विपेश घिमिरेले गरेका छन् भने भिडियोको छायांकन सागर गौतमको रहेको छ ।
रमित ओलीको सम्पादन रहेको भिडियो डि.आर मिल्मस् प्रा .लीले निर्माण गरेको हो ।
भिडियो हेर्नुहोस : www.youtube.com/watch?v=UtfBueMLpLE&feature=share
http://www.youtube.com/watch?v=UtfBueMLpLE&feature=share