साउन २९, काठमाडौं । नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिषा दिन अस्वीकार गरेको ४ घण्टापछि फेरि बोलाएर भिषा दिएको छ ।
अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई मंगलबार बिहान भिषा दिएको थिएन । त्यसपछि लामिछानेले प्रधानमन्त्रीलाई मेन्सन गर्दै आफूलाई अमेरिकाले भिषा नदिएकोमा आश्चर्य मान्दै ट्वीट गरेका थिए ।
क्रिकेटर लामिछानेलाई अमेरिकी दूतावासले भिषा सम्बन्धी निर्णय रिभ्यू गर्न भन्दै बिहान ११ बजे बोलाएको थियो । रिभ्यूपछि लामिछानेलाई भिषा दिइएको हो ।
दूतावासले भिषा दिएपछि लामिछानेले धन्यवाद समेत दिएका छन् ।
सन्दीपले सन् १०१९ को क्यारेवियन प्रिमियर लिग खेल्न जानका लागि दुतावासमा भिषा आवेदन दिएका थिए ।
क्यारेवियन लिग सेप्टेम्बर ४ देखि सुरु हुँदैछ ।
सन्दीपले आफुले सन् २०१६ देखि नेपालको प्रतिनिधित्व गरेर विश्वभर क्रिकेट खेलिरहेको भन्दै अमेरिकाले भिषा नदिएको प्रति आश्चर्य लागेको बताएका थिए ।