वैशाख ३०, कास्की । फेवातालमा आइतबार डरलाग्दो छाल आएको छ । चर्को हावाहुरीले ल्याएको छालमा ताल किनारमा पार्किङ गरी राखिएका ५० बढी डुंगाहरु डुबेका छन् । तालबाराही दर्शन गर्न पुगेका पर्यटक हावाहुरीले एक घण्टासम्म मन्दिरमै रोकिए ।

बाराही मन्दिर दर्शन गर्न गएकाहरुलाई सशस्त्र प्रहरी र डुंगा चालकले उद्धार गरेका थिए । हावाहुरी कम भएपछि डुंगा चालकहरुले आफ्ना डुबेका डुंगा निकालेका थिए ।